ऊर्जामन्त्री श्रेष्ठसँग १५ तोला सुन र ५८ लाख रुपैयाँ बैंक मौज्दात

काठमाडौं- सरकारले सार्वजनिक गरेको पछिल्लो सम्पत्ति विवरणअनुसार ऊर्जामन्त्री विराजभक्त श्रेष्ठसँग १५ तोला सुन र ५० तोला चाँदी रहेको पाइएको छ। यो सम्पत्ति आफूले पैतृक सम्पत्ति र विवाहका क्रममा प्राप्त गरेको उनले विवरणमा उल्लेख गरेका छन् । आर्थिक लगानी र नगद मौज्दाततर्फ मन्त्री श्रेष्ठको विभिन्न बैंक खाताहरूमा कुल ५८ लाख ६४ हजार ६३६ रुपैयाँ जम्मा रहेको […]