काठमाडौँ । पूर्वाधार विकास मन्त्री सुनील लम्सालले बाढी र पहिरोले क्षति पुर्याएका सडक, पुल तथा खानेपानी आयोजनाको पुनर्निर्माण यसै महिनाभित्र सुरु गर्ने बताएका छन्। आइतबार प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग भएको छलफलमा उनले क्षतिको मूल्यांकनपछि बजेट व्यवस्थापन गरी ठेक्का प्रक्रियामार्फत काम अघि बढाउने प्रतिबद्धता जनाएका हुन्। मन्त्रालयका अनुसार प्रधानमन्त्रीका सल्लाहकार सुदीप ढकालसमेत सहभागी छलफलमा विस्थापित परिवारका लागि […]