सडक अवरोधका कारण सुस्ताएको मुस्ताङको पर्यटनमा दसैँपछि चहलपहल बढेको छ। टीकापछिका बिहीबार र शुक्रबार मात्रै सात हजार ८४६ पर्यटक मुस्ताङ भित्रिएका छन्। यो सङ्ख्या घटस्थापनादेखि विजयादशमीसम्मको १० दिनमा आएका पर्यटकभन्दा दुई हजार १८३ ले बढी हो। जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी ईश्वर महतका अनुसार बिहीबार तीन हजार ३३ र शुक्रबार चार […]