बाढीपहिरोले नेपाल टेलिकमको सेवा प्रभावित, अप्टिकल फाइबर र विद्युत् आपूर्तिमा क्षति

असोज ८ गतेदेखि जारी हावाहुरीसहितको निरन्तर वर्षा तथा देशका विभिन्न स्थानमा आएको बाढीपहिरोका कारण नेपाल टेलिकमका कतिपय स्थानमा दूरसञ्चार सेवा अवरुद्ध भएको छ। कम्पनीले जारी गरेको सूचनाअनुसार भारी वर्षा र पहिरोका कारण प्रभावित क्षेत्रमा आवतजावतमा कठिनाइ हुनुका साथै अप्टिकल फाइबरमा क्षति पुगेको छ। विद्युत् आपूर्तिमा आएको अवरोधले पनि सेवा सञ्चालन प्रभावित भएको कम्पनीले जनाएको छ। […]