तेल अभिभ । इजरायली सेनाले दक्षिणी गाजाको खान युनिसमा गरेको लक्षित कारबाहीका क्रममा हमासको वित्त विभागका प्रमुख मोहम्मद अबु अलवान मारिएका छन्। इजरायली प्रधानमन्त्रीको कार्यालयबाट जारी संयुक्त वक्तव्यमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र रक्षा मन्त्री इजरायल कात्जले इजरायल रक्षा बल (आईडीएफ) र इजरायली सुरक्षा एजेन्सी (आईएसए) को संयुक्त प्रयासमा उक्त आक्रमण गरिएको स्पष्ट पारेका हुन्।वक्तव्यमा भनिएको छ, ‘आईडीएफले खान युनिसमा हमास आतङ्ककारी सङ्गठनका वित्त विभाग प्रमुख मोहम्मद अबु अलवानलाई मारेको छ। प्रधानमन्त्री र रक्षा मन्त्रीले यो सटीक कारबाहीका लागि सेना र सुरक्षा निकायको प्रशंसा गरेका छन्।’ इजरायली नेतृत्वले गाजामा हमासको अस्तित्व समाप्त नभएसम्म उसैको नेतृत्व र वित्तीय सञ्जालविरुद्धको कारबाही निरन्तर जारी रहने चेतावनी दिएको...