जेनजी आन्दोलनले ध्वस्त बनेको आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती शान्त रूपमा स्मरण

पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई ‘किसुनजी’को १०२औँ जन्मजयन्ती यस वर्ष विगतझैँ उल्लासपूर्ण वातावरणमा मनाउन सकिएन। ललितपुरको बाँडेगाउँस्थित किसुनजी आश्रम जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीपछि भग्नावशेषमा परिणत भएकाले जन्मजयन्ती र स्मृति दिवस शान्त र सुनसान अवस्थामा बित्यो। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आश्रममा आक्रमण हुँदा संरचना ध्वस्त भएको थियो। त्यसयता आश्रममा […]