अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्त: दर्जनौं सडक अवरुद्ध, पुल बगायो, नदीमा खतराको तह

काठमाडौँ । अविरल वर्षाका कारण आएको बाढी र पहिरोले गण्डकी प्रदेशसहित देशभरको जनजीवन पूर्ण रूपमा प्रभावित बनेको छ ।  बाढीले स्याङ्जा र गुल्मीलाई जोड्ने पक्की पुल बगाएको छ भने प्रदेशका अधिकांश प्रमुख राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन् । निरन्तरको वर्षाले प्रमुख नदीहरूमा जलसतह खतराको तह पार गरेपछि तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ […]