चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दसैँअघि जिप सफारी सुरु हुँदैछ । सडकको अवस्था स्तरोन्नति गर्न भ्याइएमा यही शुक्रबारदेखि निकुञ्जमा जिप सफारी सञ्चालन गर्ने तयारी गरिएको हो। वर्षा सुरु भएसँगै गत असार १७ गतेदेखि निकुञ्जले जिप सफारी बन्द गरेको थियो। वर्षाको समयमा आएको बाढीका कारण बिग्रिएका बाटो मर्मत गर्ने, ढलेका रुख पन्छाउने, झाडी फाँड्नेलगायत काम सकिएसँगै […]