विश्व लगानीकर्ता सप्ताह २०२६ (World Investor Week, 2026) को अवसरमा मुक्तिनाथ क्यापिटल लिमिटेडले काठमाडौँको चाबहिलस्थित रिलायन्स कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। विद्यार्थीहरूमा धितोपत्र तथा पुँजी बजारसम्बन्धी ज्ञान र सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा स्नातक तहमा अध्ययनरत करिब १०० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा धितोपत्र व्यवसायीअन्तर्गत मर्चेन्ट बैंकरका गतिविधिहरू, शेयर […]