घाट बनाउँदा पनि भ्रष्टाचार‚ तत्कालीन मेयरसहित १० जनाविरुद्ध मुद्दा

काठमाडौँ। धनुषाको कमल नगरपालिकाको लग्मा बजारस्थित पोखरीको माटो पुर्ने र घाट निर्माण कार्यमा भ्रष्टाचार भएको गरेको आरोपमा १० जनाविरुद्ध मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन नगरप्रमुख रामउदगार गोइतसहितका व्यक्तिविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। मुद्दा दायर भएकामा कार्यपालिका सदस्यहरू धनेश्वर यादव, धर्मनाथ मण्डल, पल्टु कवारी, विनोद राम, समसुल मिया मोमिन […]