राष्ट्रपतिको निर्देशन- निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्ध सुदृढ बनाउनू

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्देशन दिएका छन्। उनले आवश्यक शान्ति सुरक्षाको प्रबन्ध सशक्त, सुदृढ र प्रभावकारी बनाउन निर्देशन दिए। राष्ट्रपति पौडेलले त्यसका लागि आवश्यक स्रोत, साधन र जनशक्ति प्रबन्धमा सरकारले विशेष ध्यान दिने विश्वास पनि व्यक्त गरे। राष्ट्रपति भवन शीतलनिवासमा शुक्रबार साँझ गृहमन्त्री ओमप्रकाश अर्यालसहित चारवटै […]