अपराधमा संलग्नप्रति निर्मम हुने अर्थमन्त्री वाग्लेको संदेश, कानुनी राज्य पहिलो प्राथमिकता

स्वर्णिम वाग्ले ले अपराधकर्ममा संलग्न जो–कोहीलाई पनि नछाड्ने स्पष्ट चेतावनी दिएका छन्। उद्योगी व्यवसायी तथा उच्च पदस्थ व्यक्तिहरू सहभागी एक कार्यक्रममा बोल्दै उनले कानुन कार्यान्वयनमा कुनै सम्झौता नगर्ने दोहोर्याए। पछिल्लो समय सेयर बजारसँग सम्बन्धित प्रकरणमा केही व्यवसायी पक्राउ परेका सन्दर्भमा उनले नेपालमा कानुनी राज्यको प्रत्याभूति दिन सरकार कडा रूपमा प्रस्तुत हुने बताए। “कानुनभन्दा माथि कोही […]