सङ्घीय सरकारले अधिकार नदिँदा प्रदेश सञ्चालनमै समस्या भयो: मुख्यमन्त्री आचार्य

विराटनगर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सङ्घीय सरकारले आवश्यक अधिकार र स्रोतसाधन हस्तान्तरण नगर्दा प्रदेश सरकार सञ्चालनमा कठिनाइ भइरहेको बताएका छन्। अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा बोल्दै आचार्यले संविधानमा व्यवस्था भएअनुसार प्रदेशलाई प्रशासनिक तथा वित्तीय अधिकार दिन सङ्घीय सरकार तयार नहुँदा प्रदेशको आर्थिक विकास र प्रशासनिक सुधार प्रभावित भएको बताए। उनका अनुसार प्रदेश सरकार र मुख्यमन्त्रीहरूले […]