महसुल विवादका कारण लाइन काटिएका उद्योगहरुले समस्याको समाधान नभए तालाचाबी सरकारलाई बुझाउने चेतावनी दिएका छन्। नेपाल बिद्युत प्राधिकरणले ‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’ मार्फत विद्युत प्रयोग गरी अतिरिक्त महसुल नतिरेको आरोप लगाएर लाइन काटेपछि उद्योगहरुले यस्तो चेतावनी दिएका हुन्। नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्द मारूले प्राधिकरणले उद्योगहरुलाई अतिरिक्त बिद्युत प्रयोग गरेको प्रमाण नदिएसम्म उद्योगहरुले त्यस्तो महसुल […]