क्यानले भन्यो- एनपीएलको आम्दानी ४२ करोड नाघ्छ

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणबाट नेपाल क्रिकेट संघ (क्यान) ले ४२ करोड रुपैयाँभन्दा बढी रकम आम्दानी गर्ने अनुमान गरेको छ। पर्सि (सोमबार) देखि २७ मंसिरसम्म हुने एनपीएलको सबै तयारीबारे जानकारी दिन क्यानले शनिबार पत्रकार सम्मेलनको आयोजना गरेको थियो। क्यानका अनुसार प्रायोजकबाट १५ करोड ३० लाख रुपैयाँभन्दा बढी रकम प्राप्त हुनेछ। आठ फ्रेन्चाइज […]