अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले चालु वर्ष भारतको आर्थिक वृद्धिदर ७ प्रतिशत रहने प्रक्षेपण गरेको छ। यसअघि गरिएको अनुमानमा ०.६ प्रतिशत विन्दुले वृद्धि गर्दै आईएमएफले भारतको आर्थिक वृद्धिदर ७ प्रतिशत पुग्ने जनाएको हो। आईएमएफको प्रतिवेदनअनुसार भारतमा आर्थिक गतिविधिमा कायम गति, अनुकूल जनसांख्यिकीय अवस्था, विस्तार हुँदै गएको घरेलु बजार र संरचनात्मक सुधारले आर्थिक वृद्धिको सम्भावना बढाएका छन्। […]