सरकार राज्यको प्रशासनिक संयन्त्र हो। यसले राज्यसत्ताको प्रयोग गरी राज्यका नीति कार्यान्वयन गर्छ। अर्थात्, सरकार राज्यसत्ताको प्रयोगकर्ता हो, मालिक होइन। सरकार अस्थायी र परिवर्तनशील हुन्छ भने राज्य र राज्यसत्ता स्थायी प्रकृतिको हुन्छ। राज्यसत्ताको सञ्चालन र राज्यको संरक्षण गर्नु सरकारको कर्तव्य हुन्छ। राज्यका प्रमुख तत्त्व जनता, भूगोल, सत्ता र सार्वभौमिकताको रेखदेख, परिचालन, सञ्चालन र संरक्षण गर्न […]