दमौली– अविरल वर्षाका कारण शुक्लागण्डकी नगरपालिका–२ एक्लेखेतमा ताकुडाँडाको खोल्सीको बाढीले स्थानीय १३ घरमा सामान्य क्षति पुर्याएको छ । प्रहरीका अनुसार बाढीबाट कुनै मानवीय क्षति भने नभएको तथा अहिले पानीको बहाव पनि घटिसकेको छ । गए राति खोल्सीमा बहाव बढेर स्थानीयवासीका घरमा पानी पसेको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट कोत्रेबाट प्रहरी सहायक निरीक्षक रामचन्द्र पौडेल नेतृत्वको […]