कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : प्रमुख एजेन्डा चुनाव समीक्षा

काठमाडौँ – शुक्रबार सुरु भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आइतबार फेरि बस्दैछ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन परिणाम र कांग्रेस सभापति गगन थापाको राजीनामा बैठकका प्रमुख एजेन्डा रहेका छन् । शुक्रबारको बैठकमा उपसभापति विश्वप्रकाश शर्माले सभापतिको राजीनामा अस्वीकृत गर्ने प्रस्तावसँगै २७ बुँदामा चुनावको समीक्षा गरेको प्रतिवेदन पेश गरेका छन् । […]