सभामुख अर्यालसँग आङ्देम्बेको भेट, के भयो कुराकानी ?

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन् । मंगलबार बिहान सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भेटवार्ता भएको हो । भेटमा रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीबारे अध्ययन तथा आवश्यक छानबिनका निम्ति संसदीय समिति गठन गर्ने विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।