साउदीले खसाल्यो मक्कालाई निशाना बनाएर हानिएको ड्रोन

जेद्दाह । यमनका हुथी विद्रोहीले मक्कातर्फ प्रक्षेपण गरेको ड्रोनलाई साउदी अरबले हवाई प्रतिरक्षा प्रणालीमार्फत बाटोमै रोकेर नष्ट गरेको छ । घटनापछि इस्लाम धर्मको सबैभन्दा पवित्र सहर मक्कामा केही समयका लागि सुरक्षा सतर्कता जारी गरिएको थियो । साउदी नेतृत्वको गठबन्धनका प्रवक्ता तुर्की अल–मलिकीका अनुसार मङ्गलवार साँझ रोयल साउदी एयर डिफेन्स फोर्सले उक्त ड्रोनलाई मक्काको प्रतिबन्धित हवाई […]