उखुको न्युनतम मूल्य ६ सय २० निर्धारण

काठमाडौं ।सरकारले आ.व. २०८२–०८३ को लागि कृषकले उत्पादन गरेको उखुको न्युनतम खरिद मूल्य प्रतिक्विन्टल ६ सय २० निर्धारण गरेको छ । सोमवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताउनु भयो । उहाँकाअनुसार उखुको अनुदान रकम प्रतिक्विन्टल ७० रुपैयाँ कायम गर्ने निर्णय भएको छ । २०८१ […]