सिंगापुरको अभूतपूर्व रूपान्तरण: आँसुबाट जन्मिएको आर्थिक उन्नतिको साम्राज्य

सन् १९६५ अगस्ट ९ को त्यो ऐतिहासिक बिहान केवल एउटा नयाँ देशको जन्मको कथा मात्र थिएन, अपमान, असफलता र अथाहा निराशाको एउटा भीषण बज्रपात पनि थियो । जब मलेसियाको संसद्ले एकपक्षीय निर्णय गर्दै सिंगापुरलाई आफ्नो भूभागबाट निष्कासन ग¥यो, तब ३२ वर्षका युवा नेता ली कुआन यु राष्ट्रिय टेलिभिजनमा देशवासीलाई सम्बोधन गर्दा भक्कानिएर रोएका थिए । […]