मिथिलामा वसन्तपञ्चमीसँगै कृषि नववर्षको उत्सव

महोत्तरी। मधेसका महोत्तरीसहित प्राचीन मिथिला क्षेत्रमा विद्याकी अधिष्ठातृ सरस्वतीको पूजनोत्सव वसन्तपञ्चमी पर्वकै दिन आज कृषि नववर्ष उत्सव मनाउने परम्परा छ। चन्द्रमास गणनाअनुसार माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्तपञ्चमीका दिन मिथिलामा कृषि नववर्ष मनाइने पुरानो प्रचलन अद्यापि कायम छ। मिथिला मुख्यतः कृषि कर्मको थलो मानिन्छ । यहाँका अधिकांश धार्मिक तथा सांस्कृतिक पर्व कृषिसँग जोडिएका छन्। श्रीपञ्चमी […]