भद्रपुर (झापा) । बिर्तामोड-७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान शौचालय जान घरको आँगनमा निस्किएका ५९ वर्षीय लोकप्रसाद लिम्बू आक्रमणमा परेका हुन् । गम्भीर घाइते भएका उनको घटनास्थलमा नै मृत्यु भएको हो ।