नयाँ वर्षमा मस्त झुम्यो पोखरा

नयाँ वर्ष २०८३ को स्वागतसँगै पर्यटकीय राजधानी पोखरा यतिबेला मस्त झुमिरहेको छ । नयाँ वर्षको छेको पारेर लेकसाइडमा आयोजना गरिएको फेवा नयाँ वर्ष महोत्सवले बेग्लै रौनक ल्याएको छ ।