‘पञ्चकन्या जाल्पादेवी’ मन्दिर प्रचारप्रसार नहुँदा ओझेलमा पर्दै

भोजपुर- भोजपुरको हतुवागढी गाउँपालिका-४ कटहरे लुङथुङमा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व बोकेको पञ्चकन्या जाल्पादेवी मन्दिर प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण डाँडाकाँडाबीच रहेको यो देवस्थल स्थानीयवासीको गहिरो आस्था र विश्वासको केन्द्र भए पनि यसको प्रभावकारी प्रचारप्रसार नहुँदा पहिचान अझै विस्तार हुन सकेको छैन । स्थानीयवासीका अनुसार पञ्चकन्या जाल्पादेवी अत्यन्तै शक्तिशाली देवीका रूपमा […]