नवरात्रको तेस्रो दिन आज मंगलबार घरघरका दसैंघर तथा पूजा कोठामा चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ। नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको दर्शन तथा पूजाका लागि देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो लागेको छ। नेपाल संस्कृत विश्वविद्यालयको वाल्मीकि विद्यापीठका सेवानिवृत्त प्राध्यापक तोयराज नेपालका अनुसार चन्द्रमा र घण्टसँग सम्बन्धित स्वरूपका कारण देवीको नाम चन्द्रघण्टा रहन गएको पौराणिक तथा धर्मशास्त्रीय […]