नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको महाधिवेशन निर्धारित मितिबाट एक घण्टा पनि नसर्ने बताएका छन्। काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा थापाले महाधिवेशनको मिति सर्ने विषयमा कुनै अलमल नराख्न नेता तथा कार्यकर्तालाई आग्रह गरे। उनका अनुसार असोज ३ र ४ गतेबाट वडा अधिवेशन सुरु हुनेछ भने असोज १६ गतेबाट महाधिवेशनको प्रक्रिया अघि बढ्नेछ। “तिथिमिति कहीँ कतै सर्छ […]