काठमाडौं। धनगढीबाट काठमाडौँका लागि उडेको श्री एयरको जहाज रुपन्देही विमानस्थलमा आकस्मिक अवतरण गरेको छ। शनिबार १० बजे उडेको श्री एयरको जहाज आधा बाटो आकाशबाट रुपन्देही विमानस्थलमा अवतरण गराइएको हो। उडिरहेको जहाजको हाइड्रोलिक इन्डिकेसन सिस्टममा समस्या देखिएपछि सुरक्षित अवतरण गराइएको त्रिभुवन विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले बताए। हाइड्रोलिक सिस्टममा समस्या आउँदा उडान-अवतरण कठिन हुन्छ। यस्तो बेला जहाजको […]