ऊर्जामन्त्री कुलमान घिसिङले राजीनामा दिँदै, ९ बजे पत्रकार सम्मेलन गर्दै

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिने निर्णय गरेका छन् । उनले केही बेरमा प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा बुझाउने तयारी गरेका हुन् । प्रधानमन्त्री कार्कीले हालै बसेको मन्त्रिपरिषद् बैठकमा राजनीतिक दलसँग आबद्ध मन्त्रीहरूलाई मार्गप्रशस्त गर्न आग्रह गरेकी थिइन् । घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा औपचारिक रूपमा जोडिएपछि राजीनामा दिने सोचमा पुगेका हुन् । […]