काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत महामहिम चाङ माओमिङले शुक्रबार सिंहदरबारमा भेटवार्ता गरेका छन् । प्रधानमन्त्री कार्कीले नवनियुक्त राजदूतलाई बधाई दिँदै कार्यकाल सफलताका लागि शुभकामना व्यक्त गरिन् । यसका साथै उनले राजदूत चाङ माओमिङले प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने र दुई देशबीचको मित्रवत् सम्बन्धलाई अझै उचाइमा पुर्याउने महत्त्वपूर्ण भूमिकामा सफल हुने विश्वास […]