इबोला प्रभावित ३ देश भ्रमण गरी २१ दिनभित्र आउने यात्रुका लागि अमेरिका प्रवेशमा नयाँ प्रतिबन्ध

अमेरिकी होमल्याण्ड सेक्युरिटीले हालै फैलिएको इबोला प्रकोपको केन्द्रविन्दुमा रहेका देशहरूबाट आउने विदेशी यात्रुहरूका लागि बिहीबारदेखि नयाँ प्रवेश प्रतिबन्धहरू लागू गरेको छ । होमल्याण्ड सेक्युरिटीले नयाँ नियमको मस्यौदा अनुसार पछिल्लो २१ दिनभित्र कंगो, युगान्डा वा दक्षिण सुडान भ्रमण गरेका र अमेरिका आउन लागेका विदेशी यात्रु बोकेका सबै उडानहरूलाई भर्जिनियाको ‘वासिङ्टन-डलेस अन्तर्राष्ट्रिय विमानस्थल’ मा मात्र अवतरण गराउन […]