एसियन गेम्स क्रिकेटमा अफगानिस्तानलाई ५ विकेटले हराउँदै नेपाल क्वाटरफाइनल नजिक

काठमाडौँ । जापानमा जारी २०औँ एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको छ। जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी स्पोर्ट्स पार्कमा भएको खेलमा अफगानिस्तानले दिएको १०३ रनको लक्ष्य नेपालले १७.२ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो। नेपालको जितमा सन्दीप जोराले ३४ रन बनाए। कप्तान रोहित पौडेल ३३ रनमा अविजित रहे भने दीपेन्द्रसिंह […]