काठमाडौँ। विपद्का समयमा नागरिकलाई तत्काल पूर्वसूचना उपलब्ध गराउने उद्देश्यले सरकारले नेपालमै विकसित ‘सेल ब्रोडकास्ट प्रणाली’ को प्रारम्भिक प्राविधिक परीक्षण गर्ने भएको छ। गृह मन्त्रालयले सम्बन्धित सरकारी निकाय र नेपाल टेलिकमको समन्वयमा सोमबार साँझ ५:३० बजेदेखि काठमाडौंका केही क्षेत्रमा परीक्षण गर्न लागेको हो। गृह मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै परीक्षणका क्रममा २ जी (2G) मोबाइल नेटवर्क […]