नारायणगढ-बुटवल सडक विस्तारको काम राति मात्रै

नवलपरासी। पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल खण्डको गैँडाकोटमा रातिको समयमा मात्र सडक विस्तारको काम भइरहेको छ। नारायणी नदीको पुलबाट पश्चिमतर्फ १७० मिटर सडक कालोपत्रसँग जोडिन बाँकी रहेकाले रातिमा काम अगाडि बढाइएको हो। नारायणगढ बुटवल सडक आयोजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले हरेक दिन राति १० बजेदेखि भोलिपल्ट बिहान ४ बजेसम्म काम भइरहेको बताए। “दिउँसोमा सवारीसाधनको […]