काठमाडौं– नेपाली कांग्रेसका नेताहरूले कार्यवाहक सभापति पूर्णबहादुर खड्काको हात्तिगौडा निवासमा कानुन व्यवसायीहरूसँग परामर्श गरेका छन् । परामर्शमा पूर्वमहान्यायाधिवक्ता उपेन्द्रकेशरी न्यौपाने, वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, डेमोक्रयाटिक लयर्स एसोसिएसनका निवर्तमान अध्यक्ष योगेन्द्र अधिकारी र वर्तमान महासचिव ज्ञानेन्द्र अधिकारी सहभागी थिए । भेटमा पछिल्लो समयका राजनीतिक तथा कानुनी विषयमा छलफल भएको बताइएको छ ।