आज सङ्घीय संसद्का दुवै सदनको बैठक, चार विधेयक प्रतिनिधिसभाको कार्यसूचीमा

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक १ः१५ बजे सिंहदरबारमा बस्ने तय भएको छ। प्रतिनिधिसभाको बैठकमा विभिन्न विधेयक अघि बढाउने सम्भावित कार्यसूची रहेको छ। सभामुख डोलप्रसाद अर्यालले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नेछन्। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक […]