राष्ट्र बैंकका पाँच उपनिर्देशकले लिए अवकाश, सबैले पूरा गरे ५८ वर्षे उमेरहद

नेपाल राष्ट्र बैंकका विभिन्न कार्यालय तथा विभागमा कार्यरत पाँच जना उपनिर्देशकले भदौ महिनामा बैंक सेवाबाट अवकाश लिएका छन्। राष्ट्र बैंकको मानव संसाधन व्यवस्थापन विभागका अनुसार ५८ वर्षे उमेरहद पूरा भएपछि उनीहरू सेवा निवृत्त भएका हुन्। अवकाश पाउनेमध्ये नेपालगञ्ज कार्यालयका उपनिर्देशक प्रकाशकुमार धिताल भदौ १ गतेदेखि सेवाबाट बाहिरिएका छन्। त्यस्तै, मुद्रा व्यवस्थापन विभागका उपनिर्देशक हरिगोविन्द महर्जन […]