सानेपामा ‘नट्स एन्ड स्कूप’ जेलाटो आउटलेट, २० भन्दा बढी स्वाद उपलब्ध

ललितपुरको सानेपामा इटालियन शैलीबाट प्रेरित जेलाटो ब्रान्ड ‘नट्स एन्ड स्कूप’ सञ्चालनमा आएको छ। मोनिका टापरिया र विपिन अटलले स्थापना गरेको आउटलेटमा २० भन्दा बढी स्वादका जेलाटो उपलब्ध रहेको संस्थापकहरूले जनाएका छन्। नेपाल–इटाली चेम्बर अफ कमर्शका अध्यक्ष सञ्जय अग्रवालले असोज २५ गते आउटलेट उद्घाटन गरेका हुन्। संस्थापकहरूका अनुसार जेलाटो बनाउन इटालियन उपकरण प्रयोग गरिएको छ। उनीहरूले […]