कन्काई पुल निर्माण तत्काल अघि बढाउन माग

झापा – हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका र गौरीगञ्ज गाउँपालिका जोड्ने कन्काई पुलको निर्माण कार्य शीघ्र अघि बढाउन स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाले सरकारसँग माग गरेका छन् । चौध वर्षदेखि अलपत्र पुल परिसरमा हुलाकी सङ्घर्ष समितिले आज आयोजना गरेको बहुभाषिक कन्काई कवि सम्मेलनका वक्ताहरूले ठेक्का सम्झौता रद्द भइसकेकाले सरकारले तत्काल नयाँ ठेक्का प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिएका […]