दल दर्ता गर्दैमा फागुन २१ को निर्वाचन सुनिश्चित भयो भन्न मिल्दैन: शंकर पोखरेल

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचन आयोगमा राजनीति दलहरू दर्ता हुँदैमा फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचन सुनिश्चित भयो भन्न नमिल्ने बताएका छन्। मंगलबार राति सामाजिक सञ्जालमार्फत वर्तमान राजनीतिक अवस्थाबारे टिप्पणीका क्रम उनलेे यस्तो तर्क गरेका हुन्। एमालेले लोकतन्त्रलाई जीवन पद्धतिकै रूपमा अघि बढाउने नीतिअनुसार निर्वाचन आयोगमा नियमित रूपमा दल दर्ता गर्दै आएको […]