राहदानी विभागको नयाँ प्रणाली जडान हुँदै, सेवा केही दिन प्रभावित हुनसक्ने

परराष्ट्र मन्त्रालय मातहतका राहदानी विभागले पुरानो प्रणाली विस्थापित गरी नयाँ प्रणाली जडान गर्ने तयारी गरेको जनाएको छ। सोही क्रममा अन्तरिम अवधिमा राहदानी वितरण सेवा केही दिन प्रभावित हुनसक्ने विभागले जनाएको हो। विभागका अनुसार जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा एकदेखि तीन दिनसम्म बन्द हुनसक्नेछ। भने विभागबाट प्रदान […]