बाबुल गिरीलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको आदेश

काठमाडौं। गायक बाबुल गिरीलाई काठमाडौँ जिल्ला अदालतले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ। अदालतले आइतबार आत्महत्या दुरुत्साहन मुद्दामा गिरीलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो। सिन्धुपाल्चोक मेलम्ची नगरपलिका ६ का ३३ वर्षीय गिरी शुक्रबार पक्राउ परेका थिए। मृतक गायिका नीतु पौडेलका आफन्तले आत्महत्या दुरुत्साहनमा जाहेरी दिएसँगै प्रहरीले गिरीलाई पक्राउ गरेको थियो। […]