सामाजिक सद्‌भाव कायम गरी चाडपर्व मनाउन आग्रह

कञ्चनपुर। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मर्यादित र सामाजिक सद्‌भाव कायम गरी चाडपर्व मनाउन आग्रह गरेको छ। प्रशासनले सार्वजनिक सूचना जारी गर्दै जिल्लामा शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले देउसीभैलो, नाचगानलगायत सांस्कृतिक कार्यक्रम बिहान ७ बजेदेखि राति १० बजेसम्म मात्र सञ्चालन गर्न अनुरोध गरेको हो। सहायक प्रमुख जिल्ला अधिकारी मोहन चन्द जोशीद्वारा जारी सूचनामा कानुन विपरीत जुवातास, […]