थाइल्यान्डको बैंककस्थित नेपाल राजदूतावासले म्यानमारमा केन्द्रबिन्दु बनाएर शुक्रबार गएको ७.७ म्याग्निच्युडको भूकम्पले नेपालीहरूलाई क्षति नभएको जनाएको छ । थाइल्यान्डका लागि नेपाल राजदूत धनबहादुर वलीले भूकम्पले नेपालीलाई कुनै क्षति नपुर्याएको बताए । वलीले खसोखाससँग कुरा गर्दै अहिलेसम्म कुनै नेपालीलाई चोटपटक लागेको जानकारी नआएको जानकारी दिए । उनले भने, “अहिले सम्म कुनै नेपालीलाई चोटपटक लागेको जानकारी आएको […]