सुर्खेत। पश्चिम जाजरकोटस्थित मोर्क–वडावन जुम्ला सडक स्तरोन्नति थालिएको छ। छेडा चाँदे–जुम्ला सडकखण्डभित्र अन्तर्गत सडक निर्माण तीव्र बनाइएको हो। पहिलो चरणमा १७ किलोमिटर सडक निर्माण भइरहेको छ। छेडागाड नगरपालिकाको रिटेखोलामा रहेको मोटरेबल पुल पनि निर्माण भइरहेको छ। कच्ची कटानको काम भएपछि हाल स्तरोन्नति सुरु भएको हो। मध्यपहाडी लोकमार्ग, भेरी करिडोरसँग जोडिएर जुम्ला जोड्नका लागि काम धमाधाम […]