अमेरिकी श्रम बजारले गत महिना अपेक्षाभन्दा राम्रो प्रदर्शन गरेको देखिएको छ । अमेरिकी सरकार शटडाउनका कारण परेको असरबाट केही हदसम्म सुधार देखिएको आधिकारिक तथ्याङ्कले जनाएको छ । मंगलबार सार्वजनिक गरिएको बहुप्रतीक्षित प्रतिवेदनअनुसार अक्टोबरमा करिब १ लाख ५ हजार रोजगारी गुमेका थिए भने नोभेम्बरमा ६४ हजार रोजगारी थपिएका छन् । नोभेम्बरको रोजगारी वृद्धिदर धेरै अर्थशास्त्रीहरूले अनुमान […]