भारतमा सेवा भुक्तानीको सीमा ६० लाख भारु, सेटेलाइट सेवामा ५ लाख डलरसम्म भुक्तानी

नेपाल राष्ट्र बैंकले भारतमा सेवा भुक्तानी गर्न सकिने सीमा बढाएको छ। राष्ट्र बैंक, विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र–२०८२ मा संशोधन गर्दै प्रति पटक भारतमा विविध सेवा सुविधाबापत गर्न सकिने भुक्तानीको सीमा ४० लाखबाट बढाएर ६० लाख भारतीय रुपैयाँ पुर्‍याएको हो। संशोधित व्यवस्थाअनुसार नेपालमा विधिवत् दर्ता भई कारोबार गर्न स्वीकृति प्राप्त गरेका नेपाली तथा विदेशी […]