दसैँमा फर्किने यात्रुको सुरक्षाका लागि जमुनाहामा सहायता कक्ष, नेपालगन्ज र कोहलपुरमा पनि सञ्चालन हुँदै

भारतबाट दसैँ मनाउन स्वदेश फर्किने नेपालीको यात्रा सहज र सुरक्षित बनाउन जमुनाहा नाकामा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। सीमावर्ती क्षेत्रमा हुन सक्ने ठगी तथा लुटपाट रोक्न र यात्रुलाई गन्तव्यसम्म पुग्न सहजीकरण गर्न कक्ष सञ्चालन गरिएको प्रशासनले जनाएको छ। बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर सम्भावित जोखिमअनुसार सुरक्षा योजना लागू गरिएको […]